skip this वडा नं १६ बालाजु च:मती

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रतिनिधिसभाबाट फेरि विश्वासको मत पाएका छन् । आज बुधबार सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकमा उनको विश्वासको मतसम्बन्धी प्रस्ताव निणयार्थ प्रस्तुत गर्दा उनले बहुमत सांसदको मत पाएका हुन् ।

उनले प्रतिनिधिसभाका १५७ जनाको समर्थन पाएका छन् । २६८ जनाले मतदान गरेका थिए । ११० जनाले विपक्षमा मत दिए भने १ जना तटस्थ रहे । कांग्रेससँग गठबन्धन तोडेर प्रधानमन्त्री प्रचण्डले गत फागुन २१ गते मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए ।