१७ रन बनाउँदै आउट भए दीपेन्द्रसिंह

ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको आफ्नो अन्तिम खेलमा साउदी अरेबियाले दिएको एक सय ७४ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले चौथो विकेट गुमाएको छ ।

नेपालले चौथो विकेटका रुपमा दीपेन्द्रसिंह ऐरीलाई गुमाएको हो । उनी नौ बलमा तीन चौकाको मद्दतले १७ रन बनाउँदै पेभेलियन फर्किएका हुन् । उनलाई साउदी अरेबियाका बलर वाजी उल हसनले ईस्तिक अहमदद्वारा क्याच गराए । पाँचौँ ओभरको अन्तिम बलमा दीपेन्द्र आउट हुँदा नेपालले ४८ रन बनाएको छ । नेपाललाई जितका लागि १८ बलमा २६ रन चाहिएको छ ।