हलेसी महादेव: पूर्वका पशुपति

महादेव महादेव महादेवेति यो ब्रुयात् । एकेन मुक्तिमाप्नोति द्धाभ्याँ शम्भु ऋणी भवेत् । अर्थात् जसले महादेवको नाम एकपल्ट लिन्छ उसले भवाटवी बन्धनबाट छुट्कारा पाउँछ र दुईपल्ट लिँदा त सर्वेश्वर श्रीशिव नै ऋणी बन्नु हुन्छ । पूर्वीय धर्म शास्त्रको कथन हो यो ।
पूर्वका पशुपति भनिने हलेसीको दर्शन विगतभैmँ यसपालि पनि जुरेको हो । शिवकै अर्को नाम हनुमान जयन्ती चैत्र शुक्ल पूर्णिमाको लगत्तैपछि । देशमा शक्ति पीठहरु धेरै छन् । रामेछापको खाँडादेवी दर्शन पनि जुरेको अवसर । गोकर्णेश्वर क्षेत्रका सय बढी तीर्थयात्रुहरु भई हाम्रो समूह सिन्धुलीको मूल्कोट पुग्यो । धुलिखेलबाट बि पि राजमार्ग हुँदै मूल्कोटबाट पूर्व रोसी नदीपछि उकाली चढ्दै करिव २३ सय फिटको उचाइमा रहेकी खाँडादेवी दर्शनको प्रत्याशी भई हाम्रो समूह ३ वटा बसहरु लिएर दिवा २ बजे पुगेको हो ।
अघि बीर योद्धाहरुले देश रक्षार्थ विदेशीहरु संग सिन्धुलीगढीमा लडेपछि आपूmले प्रयोग गरेका तत्कालका हतियार खुँडाहरु देवीस्थानमै राखेकाले डाँडामा रहेकी देवीको नाम खाँडादेवी रहेको रहेछ, मन्दिर भव्य र आकर्षक छ । यात्रा कठिन नै भन्नुपर्छ, फेरि फर्केर मूल्कोट हुँदै हाम्रो समूह खुर्कोट पुग्यो । रातको स्वागत सूर्यदेवको विदाइ, साँझको ७ बढी बजिसकेको समय ।
हाम्रो समूहको गन्तव्य थियो हलेसीको । सुनकोशीको किनारै किनार घुर्मी पुग्यो, जहाँबाट कटारी सडक शुरु हुन्छ । घुर्मीलाई चिनाएको पछिल्लो सडकले हो, सिन्धुलीबाट आएको सडक, दोलखा तामाकोशी हुँदै गएको लमतन्ने सडक अनि धुलिखेलबाट गएको बि पि राजमार्गले खुरकोट प्रवेश गरेसंगै मध्य पहाडी लोकमार्ग हुँदै घुर्मी पुग्यौँ हामी, जहाँबाट दायाँ मोडिँदा कटारी गाईघाट र सीधा लाग्दा ओखलढुँगाको माने भन्ज्याँग । कतै बाटा साँघुरा र कच्ची । सिन्धुपाल्चोकबाट गएको सुनकोशीले रोशी खोला लगायतका अनेकौँसाथी बटुल्दै तामाकोशीलाई मित लाउँछ । दोलखाको च्छो रोल्पा जवानी स्वरुप आएको बढी बेग अनि आयतनमै ठूलो नदी तामकोशीलाई सलक्कै निलेर आप्mनो नाम एकछत्र राख्दै सुनकोशी उही खोटाँग हुँदै अघि बढ्छ । ठूलो माछाले सानो माछालाई खाँदैन यहाँ, सानो माछाले ठूलोमाछाको अस्तित्व नै मेटाएको छ बरु, सायद तामा बा दूधको मूल्यभन्दा सुनको मूल्य बढी हुने भएर । डोजरले कोतर्दै गरेको बाटो, सुख्खायाम, पारितिरको जंगल डंढेलोले जलिरहेको हल्का दृश्यहरु आइरहे आँखामा, झण्डै राति २ धेरै बजेसम्मको उकाली ओराली यात्रामा । रातमा कलम निदाएछन्, भोलि विहानै कलमहरु जुर्मुराएछन् हलेसी महादेवका विषयमा लेख्न शुरु भइसकेछ ।
प्राचीन कथा: अघि बलशाली एक असुर थियो, नाम थियोे भष्मासुर । शिवजीको तपपछि शिवले वरदान माग्न भने, जसको शिरमा मेरो हात पर्छ उसको भष्म गराउने शक्ति दिनूस् भनेर । शिवले तथास्तू भनेपछि परीक्षण गर्न खोज्दा पहिले शिव माथि नै आप्mनो हात राख्न खोज्यो उसले । शिव डराएर भाग्ने क्रममा ढुँगाको ककराभित्र लुके, बचे उनी गुप्त रुपमा । त्यहीक्षेत्र खोटाँगको हलेसी गुफा । ललितपुरको लेले भारदेउको गुफालाई पनि शिव लुकेका गुफा मानिएको छ, यो ६४ ज्योतिर्लिँग भित्रै छ, यस्ता गुप्तगुफा अन्यत्र पनि छन् । लामो थकानपछि हलेसी पुगेको भोलिपल्ट विहानै केही मित्रहरुका साथ म पसेँ गुफातिर, सहज छ, सिँढीहरु छन्, बार छ, बत्तीको प्रवन्ध छ, भक्तहरुको भीड छ, प्रहरी टिम छ, सि सि क्यामेरा पनि । पहिले यति सहज थिएन, वि सं १८६१ मा गुठी बन्दोबस्त भएको, ताम्रपत्र यस्तो भेटिएछ । पछि १८४३ मा राजा रणबहादुर शाहले साविक गुठीलाई थप व्यवस्थित गरिदिए, त्यो क्रम जारी छ, गिरी थरका पुजारी, हाल मैले भेटेका पुजारी थिए निकै व्यस्त ।
गुफा हेरिरहूँ लाग्ने प्राकृतिक, ढुँगैढँुगाको ककारो, भकारी जस्तो तलको भागमा मूल शिवलिँगलाई धातु जडित चतुर्मुखी शिवलिँगले छोपिएको छ । केही माथि भागमा पार्वतीको मूर्ति छ । गुफा जमीन सतहदेखि ३ सय फिट सम्मको गहिराइको अनुमान छ । ३ हजार वर्गफिट बढी क्षेत्रफल ओगटेको सो गुफाको प्रकृतिसंग रमाउन भारत लगायत भूटानबाट पनि धेरै भक्तहरु आउने गर्छन् । भित्र भित्र त पापद्दार, धर्मद्दार, कर्मद्दार, गर्भद्दार धरै द्दारहरु छन्, कोही छिर्छन्, कोही छिर्दैनन् । पूर्णिमा लगायत पर्व विशेषमा अझ बढी भीड हुने गरेको छ, मैले गत वर्ष बुद्धपूर्णिमालाई रोजेको थिएँ, शिवकृपा उनले यतिबेला फेरि बोलाए । अलि परबाट निकै गहिराइमा झरेपछि शिव वाहन नन्दी गुफा पुगिन्छ, ढोकाबाटै देखिने विभिन्न प्वालहरु मध्ये पहिलेकै प्वालमा लामो सास् दबाएँ मैले, शँख ध्वनि निस्कियो, स्याँ स्याँ गर्दै सिँढी चढ्दै माथि पुगेपछि बसाहा गुफाको दर्शन भयो, धेरै प्वालहरु देखिए, भक्तले मागेको कुरा पूरा गर्ने देवता खुसी हुँदा जे पनि मिल्छ भन्ने मान्यता छ, गुफा चढ्दै गर्दा मेरा जवान एक मित्रले एक मुखे रुद्राक्ष पाएँ भने । प्वालमा धेरै समय औँला राख्दा कतै सर्पले पो टोक्ला कि भन्ने सन्देह भयो मलाई चाहिँ, बूढ्यौली, डर पनि लाग्यो, थकानमा थिएँ लामो प्रतीच्छा गरिन, दर्शन सकेर खोइ रुद्राक्ष ? भनँे मैले युवा मित्रलाई, उनले देखाए, धेरै परीक्षण गर्ने आँट गरिएन, उड्छ है राम्ररी राख्नू भनेँ मात्र ।
पहिले खोटाँगको दिक्तेल पुगेर उकाली ओराली लामो यात्रा तय गरेपछि दूधकोशीको दोभान पुगेर ३, ४ घण्टाको उकालो चढेपछि हलेसी गुफा पुग्नु पथ्र्यो, पानी थिएन, पछि दूधकोशीबाट बोकेर पानी लगिन्थ्यो, अहिले त्यति असहज छैन, दूधकोशीको पानी पाइपबाटै तानिएको छ, राम्रा खालका बासस्थानहरु छन्, व्यापार पनि राम्रै हुन्छ । यात्रामार्ग सहज छ, दिक्तेलबाट पनि गाडी सुविधा छ । सिन्धुली खुर्कोट, घुर्मी र ओखलढुँगाको माने भन्ज्याँग चढ्दै गएको सफा र राम्रो बाटो दूधकोशीको पुल तरेर खोटाँग छिरेपछि गजवको उचाइ चढिसकेपछि केही समथर केही ओराली हुँदै हलेसी पुगेका हौँ हामी । भोलिपल्टको सूर्योदयको प्राकृतिक दृश्य अनि विश्वलाई चिनाउने सगरमाथाको दृश्यलाई आप्mना क्यामेरामा कैद गरेका थियौँ पहिले, यसपालि हुस्सूले देखिएन । हलेसी गुफा बारे धेरै अनुसन्धान भइसकेको छ र विश्वमा प्रसिद्धि पाइसकेको छ ।
भस्मासुरलाई भने श्री विष्णुको मोहिनी अवतार लिएर जोगीको कुरामा विश्वास हुन्न नपत्याए आप्mनो शिरमा हात राखेर हेर त भनी कूटनीति प्रयोग गरेर भस्मासुरलाई उसको आप्mनै हातले शरिर जलाएपछि देवलोक, ब्रह्म लोक र शिवलोकमा चयन भएको थियो पहिले । असुरहरुको स्वभाव औँलो दियो भने डुडुल्को निल्ने हुन्छ । हलेसी दर्शनपछि हामी उही बाटो फर्केर आरामका साथ निबास पुगेका हौँ ।
हालको यात्रामा ढाडस दिने मेरा मित्रहरु गोकर्णेश्वर न पा ६ का अनन्य मित्र रमेश अर्याल, वडा न ८ र पूर्व नगर प्रवक्ता मनोज ढुँगाना, ९ न वडा अध्यक्ष, युवा पुस्ताका विकास प्रेमी अभियन्ता राजिव थापा लगायत उनका सबै टिमलाई धन्यवाद । पंक्तिकारबाट बसको यात्रामा कथा प्रवचनहरु हुँदै यात्रा सफल भएको तमाम सहभागी मित्रहरुलाई शुभकामना । फर्कँदा हामीले सिन्धुलीकै कुशेश्वर शिवको पनि दर्शन गरेका थियौँ, जुन शिवलिंग देशका १० जिल्लाहरुमा रहेका ६४ ज्योतिर्लिँगमध्ये पहिला हुन् ।