परराष्ट्र सचिव सेवा लम्साल एन्टिगुवा र बारबुडाको राजधानी सेन्ट जोन्समा संयुक्त राष्ट्रसङ्घले यही जेठ १४ देखि १७ गतेसम्म आयोजना गर्न लागेको साना टापु विकासशील राष्ट्रहरुको चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ ।
सम्मेलनको क्रममा उहाँले अतिकम विकसित देशहरूको समूह ९एलडिसिज० को लागि विश्वव्यापी समन्वय ब्यूरोको अध्यक्षको रूपमा समूहको तर्फबाट वक्तव्य दिनुहुनेछ । परराष्ट्र सचिव लम्सालले सम्मेलनको अवसरमा विभिन्न द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको मन्त्रालयले जनाएको छ ।
दिगो विकासमा साना टापु विकासशील देशहरूको प्रगति समीक्षा र नयाँ दशकको लागि कार्य योजना प्रस्ताव गर्ने उद्देश्यका साथ सम्मेलन प्रत्येक दश वर्षमा आयोजना गरिँदै आएको । चौथो सम्मेलन ‘उत्थानशील समृद्धितर्फको मार्गचित्र’ भन्ने नाराका साथ हँुदैछ । परराष्ट्र सचिव जेठ १९ गते स्वदेश र्फकनुहुनेछ ।

















