प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बिहान १० बजे बस्ने भएको छ । सरकारले आज बजेट ल्याउने तयारी गरिरहेका बेला कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकका अनुसार बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा मंगलबार बिहान १० बजे बस्ने छ ।
कांग्रेसले पछिल्लो समय सहकारी ठगीबारे अनुसन्धान गर्न संसदीय समिति गठन गर्न माग गर्दै संसद अवरुद्ध गर्दै आएको छ ।


















