साढे आठ अर्बबढी बचत अपचलन आरोपमा कान्तिपुर सेभिङ्गका पूर्व अध्यक्ष लामा पक्राउ

कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडका पूर्वअध्यक्ष तथा पशुपति सेभिङ्ग एण्ड क्रेडिटका सञ्चालक सिबी लामा पक्राउ परेका छन् । लामा सहितको समूहले कान्तिपुर पशुपति सेभिङ्गको आठ अर्ब ५९ करोड निक्षेप अपचलन गरेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

कान्तिपुरका वर्तमान अध्यक्ष हिमाल विक्रम मल्ल यसअघि नै पक्राउ परेका थिए । २०८० फागुनमा मल्ललाई प्रहरी वृत्त नयाँ बानेश्वरले पक्राउ गरेर मुद्दा चलाएको थियो । कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिटको सञ्चालक समितिका सञ्चालकहरु विरुद्ध अहिलेसम्म तीन सय ५० भन्दा धेरै बचतकर्ताले जाहेरी दिएका छन् ।