एकीकृत समाजवादीको १०औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक

नेकपा (एकीकृत समाजवादी)ले  १०औँ राष्ट्रिय महाधिवशेनको लोगो सार्वजनिक गरेको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी सो लोगोलाई अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले संयुक्त रूपमा सार्वजनिक गरेका हुन् ।

लोगोमा कम्युनिस्ट पार्टीको झन्डा र नेपालको राष्ट्रिय झन्डालाई संयोजन गरी कलात्मक बनाइएको छ भने लोगोमा दक्षिणपन्थी यथास्थितिवादको विरोध गरौँ, समाजवादी बाटोमा अगाडि बढौँ नारा उल्लेख छ । एकीकृत समाजवादीको महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा हुँदै छ ।