फिल्म निर्देशक सुदर्शन थापा पक्राउ

प्रहरीले बालुवाटार क्षेत्रबाट सुदर्शन थापालाई सोमबार पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।उनीविरूद्ध प्रहरी वृत्त बौद्धमा मुद्दा थियो। पक्राउ पुर्जी जारी भए पनि फरार रहेका उनलाई प्रहरीले सोमबार पक्राउ गरेको हो।

उनीविरूद्ध ठगी, अपराधिक विश्वासघात, एक्सटर्सन तथा अपराधिक लाभ मुद्दामा जाहेरी परेको थियो। फिल्म निर्माता सुदर्शन बस्नेतले आफ्नो मन्जुरीबिना स्वदेश तथा विदेशमा चलचित्र प्रसारण गरी आर्थिक नोक्सानी पुर्‍याएको भन्दै गत साउन १० गते जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए।