भारतमा ५४२ लोकसभा सिटको मतगणना सुरु भएको छ। पहिले हुलाक मतपत्रको गणना भइरहेको छ । त्यसपछि ईभीएम खोलिनेछ।
मत गणना प्रारम्भ भएको एक घण्टाको अवधिमा सुरूवाती नतिजामा भाजपा नेतृत्वको एनडीए अगाडि छ । लोकसभा निर्वाचनको मतगणना प्रारम्भ भएसँगै प्रारम्भिक नतिजा आउन थालेको छ ।
बिहान ९ बजेसम्मा ४ सय ५७ सीटको गणना हुँदै गर्दा एनडीए २ सय ६०, इन्डिया गठबन्धन १ सय ७८ सिटमा अगाडि देखिएको छ । तृणमुल कांग्रेस १७ तथा अन्य दल २ सिटमा अगाडि छन् । केही घण्टापछिको नतिजाले भारतमा कस्को सरकार बन्ने तस्बिर स्पष्ट हुनेछ ।

















