गृहसचिव अर्यालसहितको टोली अमेरिका प्रस्थान

गृह मन्त्रालयका सचिव एकनारायण अर्यालसहितको पाँच सदस्यीय टोली संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालय न्यूयोर्कमा हुने युनाइटेड नेसन चिफ अफ पुलिस समिटमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेको छ ।

यही असार १२ देखि १३ गतेसम्म सञ्चालन हुने चौँथो समिटमा भाग लिन गृह सचिव अर्याल, नेपाल प्रहरीका आइजी वसन्तबहादुर कुँवर, सशस्त्रका आइजी राजु अर्याल, नेपाल प्रहरीका डीआईजी दानबहादुर कार्की र सशस्त्रका एक एसएसपी गरी पाँच जनाको टोली अमेरिका प्रस्थान गरेको हो ।

गृह सचिव अर्यालको नेतृत्वमा रहेको टोलीलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू, गृह मन्त्रालयका पदाधिकारीलगायत अधिकारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए ।