एकीकृत समाजवादीलाई बिचार र नेतृत्व कस्तो चाहिन्छ ? अधिबक्ता घनप्रसाद गौतम पोलिटब्युरो सदश्य नेकपा एस

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) एउटा स्थापित राजनीतिक दल हो । नेकपा एमाले)बाट विभाजन भएपछि यो दल २०७८ भदौ २ गते निर्वाचन आयोग आधिकारिक रूपमा दर्ता भएको हो । अहिले यही नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी पार्टीको दसौँ महाधिवेशन हुन गईरहेको छ । यही असार १६ देखि २० गते सम्म काठमाडौंमा हुँनगई रहेको पार्टीको यो महाधिबेशन ईतिहाँसको हिसाबले दशौं महाधिबेशन भएपनि धेरैकोणबाट बिशेष महत्वको छ । महाधिबेशनमा मुलभुत रुपमा पार्टीले आगामी दिनमा अगाल्ने बिचार र उक्त बिचारलाई बोक्ने नेतृत्वको बारेमा छलफल हुन्छ । त्यसैले यो लेख त्यसमै केन्द्रीत रहेको छ ।
पार्टीले अगाल्ने बिचार बनाउँदा नेपाली समाजको चरित्रको विश्लेषण गरेर त्यसका समस्या समाधान गर्ने गरि बनाउनु पर्दछ । किनकि त्यही बिचार अनुरूप क्रान्तिको कार्यक्रम तयगर्ने गरिन्छ । नेतृत्व चयन गर्दा पनि विचारसहितको नेतृत्व चयन गर्नु पर्दछ । एकीकृत समाजवादी पार्टीको बैचारीक कुरा गर्दा थोरै बिगत तर्फ पुग्नु पर्ने हुन्छ । तत्कालिन एमालेको नवौँ महाधिवेशनले नेपाली समाज मूलत: पुँजीवादी भएको र यसको चरित्र दलाल भएको निष्कर्ष निकाल्यो । जुन बिचार नेता माधब कुमार नेपालको थियो । के पी ओली पक्षले पँुजिबादी क्रान्त्रि पुरा भएको तर्क गर्दथे । तर महाधिबेसनले माधब नेपालले अघि सारेको नेपाली समाजको मूल अन्तरविरोध दलाल पुँजीवादसँग रहेको र तदनुरूप संघर्षका कार्यक्रम, दलाल पुँजीपतिको प्रभाव कम गरी राष्ट्रिय पुँजी निर्माण गर्नु पर्ने र समाजवादी कार्यक्रम तय हुनुपर्ने बिचार पासगर्यो । त्यो बिचार माधब नेपालको थियो तर त्यो बेला नेतृत्वमान के पी ओली आए । बिचार एउटाको नेतृत्व अर्कैको गल्ति त्यहिबाट भएको थियो । जसका कारण पछि पार्टीनै फुट्यो । अब त्यो गल्ति दोहोरीनु हँुदैन ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले स्थापनाकालदेखि नै आफ्नो क्रान्तिको कार्यक्रम वैज्ञानिक समाजवाद तय गरेको छ र आगामी महाधिवेशनमा नेपाली विशेषताको समाजवाद प्रस्ताव गरेको छ । महाधिवेशनमा पेश हुने राजनीतिक प्रतिवेदन, सांगठनिक प्रस्ताव, नेपाली विशेषताको समाजवाद र पार्टी विधान केन्द्रीय समितीबाट एक मतले पारीत भएकोले अब पार्टीले कुन बिचार बोक्ने भन्ने कुनै मतभेद छैन । यद्यपी यसलाई अझ उन्नत बनाउन महाधिबेशनमा थप बहस चल्नेनै छ  । त्यसले बिचारलाई अझ उन्नत बनाउन थप योगदान दिने छ । किनकि महाधिबेशमा देशै भरबाट अनुभबी साथिहरु आउँदै हुनु हुन्छ । महाधिबेसनले चारवटै दस्ताबेजमाथि गहन छलफल गरि भविष्यको दिशा तय गर्ने र देशका तमाम समस्या एकिकृत समाजबादीले हल गर्न सक्छ भनेर आम नेपालीलाई बिश्वस्त पार्ने छ । पार्टीको विचारधारामा मार्क्सवाद–लेनिनवाद र बहुदलीय प्रतिस्पर्धामा आधारित समाजवाद रहेको छ । यहि बिचारबाट अहिले देशमा बढेको भष्टाचार ,बेरोजगारी समस्या , युवाहरुको बिदेशीपलायन रोक्ने देखि महिला , दलित , पछाडी परेको बर्ग र क्षेत्रलाई अगाडी बढाउने ,उनीहरुलाई अधिकार सम्मपन्न गराउने , युवा , किसानका सुकुम्बासीका समस्या समाधान गर्ने जस्ता काम पार्टीले गर्नु पर्ने छ । देशका तमाम समस्याको समाधान नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजबादीले गर्दछ भनेर जनता र कार्यकर्तामा आशा र बिस्वास जगाउनु पर्ने छ । महाधिबेसनले त्यो काम गर्ने छ।
अहिले समाजवादको नारा दिने धेरै छन । तर कार्यक्रम त्यस अनुरुप छैन । हामीले कार्यक्रम पनि जस्तो बिचार पास गर्दछौ । त्यही अनुरुपको बनाउनै छौ । त्यसै गरि अर्काे ध्यान दनु पर्ने कुरा भनेको जसको बिचार उसको नेतृत्व पनि हो ।नवौँ महाधिवेशनदेखि नेपाली समाजको वर्ग विश्लेषण गर्दै तय गरेको कार्यदिशाका प्रस्तावक नेता माधवकुमार नेपाल नै हुन  । यसलाई अझ राम्रो बनाउन मद्यत गर्ने वर्तमान महासचिव घनश्याम भुसाललगायत नेताहरु हुन । त्यसैले बैचारिक रुपमा एक ठाउँमा उभिएका नेता नेतृत्व निर्माणमा पनि एक ठाउँमा उभिएर बिचार र नेतृत्व सबैमा एक ढिक्का भएको सन्देश दिदा राम्रो हुने छ । यसो भनेर प्रतिस्पर्धा बेठिक भनेको होईन । त्यो पनि प्रजातान्त्रीक अभ्यासकै एउटा पाटो हो । तर महाधिवेशन फरक–फरक लाइन नभएकाले विचारधारात्मक एकताको वातावरण बनेको अवसथामा नेतृत्व पनि सहमतीय हिसाबले जादाँ उचित हुन्छ भन्ने हो । त्यसै गरि महाधिबेसनमा एकताको भाव दिन पाका र युवाको अनुपात , महिला ,मधेश , आदिबासी जनजाती , एकतामा सामेल भएकाहरु सबैलाई समेट्ने गरि नेतृत्व चयन गर्नु पर्दछ । यसो गर्दा नेपाली राजनीतिमा एकिकृत सामजबादी पार्टी साँच्चै एउटा भरपर्दो बिकल्प बन्ने छ । लेखक नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्युरो सदश्य हुनुहुन्छ ।