राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री डा.मुकुल ढकाललाई पार्टीको सबै पदीय जिम्मेवारीबाट हटाएको छ । आज बिहान पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले ढकाललाई महामन्त्री, पार्टी प्रवक्ता र केन्द्रीय सदस्यबाट निष्कासन गरेको हो ।
यसअघि रास्वपाको अनुशासन आयोगले महामन्त्री ढकाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न केन्द्रीय समितिलाई सिफारिस गरेको थियो । उक्त सिफारिसबारे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा केन्द्रीय समिति बैठकमा छलफल भएको थियो ।



















