नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । आज प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिन लागेको सन्दर्भमा कांग्रेस संसदीय दलले सांसदहरुलाई बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको हो ।
कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गर्न भनेका छन् । प्रधानमन्त्री प्रचण्डले भोलि २८ गते विश्वासको मत लिने तयारी गरेका छन् ।



















