प्रतिनिधिसभा बैठकको नयाँ समय निर्धारण

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक अपराह्न ३:१५ बजे बस्ने गरी निर्धारण गरेको छ । आज दिउँसो १ बजेका लागि निर्धारण भएको बैठक प्रमुख दलका सचेतकहरुसँगको छलफलका कारण अनौपचारिक रुपमा एक घण्टा पर सारिएको थियो ।

संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय पार्टीका प्रमुख सचेतकको बैठकपछि प्रमुख प्रतिपक्षी दल नेकप(माओवादी केन्द्र)ले छलफलका लागि समय माग गरेको थियो । माओवादी केन्द्रको संसदीय दलको बैठकले ‘जनयुद्ध’ लाई अपमान गर्ने भाषा नसच्याउँदासम्म बैठकमा विरोध जारी रहने निर्णय गरेको जनाएको छ ।

सङ्घीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेले सभामुखले प्रतिनिधिसभाको बैठकको नयाँ समय निर्धारण गरेको जानकारी दिएको छ ।