फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँको कार्यालयले सोमबार विदेशमन्त्री स्टेफन सेजोर्नलाई युरोपेली आयोगमा काम गर्ने गरी उनको नाम सिफारिस गरेको छ । फ्रान्सका अनुभवी युरोपेली आयुक्त थियरी ब्रेटनले सोमबार एक्कासी राजीनामा दिएपछि म्याक्रोँले उक्त स्थानमा सेजोर्नलाई सिफारिस भएको हो ।
एलिसी प्यालेसले सोमबार जारी गरेको एक भनिएको छ, “सेजोर्नले ‘सबै आवश्यक मापदण्डहरू पूरा भएको छ’।” युरोपेली संसदमा उदार नवीकरण समूहको नेतृत्व गर्ने आफ्नो अघिल्लो अनुभवलाई उजागर गर्दै राष्ट्रपतिको कार्यालयले भनेको छ, “औद्योगिक र प्राविधिक सार्वभौमिकता र युरोपेली प्रतिस्पर्धात्मकता’ मा ब्रेटनले ध्यान केन्द्रित गरेजस्तै जिम्मेवारी बहन गर्नुपर्नेछ ।”
यसैबीच ब्रसेल्सबाट प्राप्त जानकारी अनुसार, युरोपेली सङ्घकी प्रमुख उर्सुला भोन डेर लेयेनले फ्रान्सका शक्तिशाली युरोपेली आयुक्त थियरी ब्रेटनको राजीनामा स्वीकृत गरेको जानकारी गराएको छ । “ईयू प्रमुख भोन डेर लेयनले थियरी ब्रेटनको राजीनामा स्वीकृत गर्नुभएको छ र आयुक्तको रूपमा आफ्नो कार्यकालभर गरेको कामका लागि धन्यवाद दिएको छ,” ईयूका प्रवक्ताले सञ्चारकर्मीसँगको भेटमा भने ।


















