स्कान्डिनाभियन एयरलाइन्समा यात्रीहरूलाई खाजामा जिउँदो मुसा भेटियो

यात्रीहरूलाई पस्किने खाजामा जिउँदो मुसा भेटिएपछि स्कान्डिनाभियन एयरलाइन्स (एसएएस)को एउटा उडान आपत्कालीन अवतरण गरिएको छ । गत बुधबार विमान नर्वेको राजधानी ओस्लोबाट स्पेनको मालगातिर जाँदै थियो । यो घटनापछि डेनमार्कको कोपेनहेगनमा विमान आकस्मिक रुपमा अवतरण गराइयो ।

सुरक्षा जोखिमका कारण कम्पनीको प्रोटोकलकै आधारमा विमानको अवतरण गराइएको एसएएसले जनाएको छ । यात्रीहरूलाई पछि छुट्टै उडानमा मालगा पठाइएको थियो ।

विमानभित्र मुसा देखिएको मामिलामा विमान सेवा प्रदायकहरूको नियम कडा छ । मुसाले तारहरू काट्ने भयका कारण पनि विमानको आकस्मिक अवतरण गर्ने गरिन्छ ।