काठमाडौँ उपत्यकाको वायु गुणस्तर आगामी एक सातासम्म खराब रहने अनुमान गरिएको छ । युरोपेली प्रदूषण मापन संस्था वर्ल्ड एयर क्वालिटी इन्डेक्स (आईक्यूएयर)ले आगामी आइतबार अर्थात् मंसिर २३ गतेसम्म उपत्यकाको हावाको गुणस्तर खराब रहने अनुमान गरेको हो ।
जसअनुसार वायु गुणस्तर १११ देखि १३८ एक्यूआईसम्म रहने अनुमान गरिएको हो ।सोमबार ९:३२ सम्म काठमाडौँ उपत्यकाको वायु गुणस्तर १७२ एक्यूआई छ । विश्वको प्रदूषित सहरमध्ये काठमाडौँ उपत्यका सातौँ नम्बरमा छ ।


















