नेपाली कांग्रेस संसदीय दलको बैठक संसद् भवनस्थित ल्होत्से हलमा जारी छ ।
बैठकमा समसामयिक राजनीति, अध्यादेश ल्याएको बारेमा सरकारमा सहभागी मन्त्रीहरूले सांसदका प्रश्नको जवाफ दिने, संसदमा कसरी प्रस्तुत हुने भन्नेबारेमा सांसदहरूलाई प्रशिक्षण दिइनेछ । आजबाट संसद्को हिउँदे अधिवेशन बोलाइएको छ । जसमा सरकारका काम कारबाहीबारे एकमत भएर आफ्ना आवाज उठाउने बारेमा पनि प्रशिक्षण दिइनेछ ।


















