नेपालको पहिलो महिला न्यायाधीश र अदालतमा पुग्ने दोस्रो महिला न्यायाधीश शारदा श्रेष्ठको निधनका शोक व्यक्त गर्दै सर्वोच्च अदालतले आइतबार इजलास नबस्ने निर्णय गरेको हो ।
पहिलो महिला न्यायाधीश श्रेष्ठको शुक्रबार निधन भएको थियो । उनी ८४ वर्षकी थिइन् । उनी ०६१ वैशाख ३ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएकी थिइन् । ०६५ जेठ २० मा उनले अवकाश पाएकी थिइन् ।


















