अवैध जुवा र ठगीको आरोपमा थाइल्याण्डका प्रहरी उपप्रमुख निलम्बित

थाइल्याण्डले अवैध जुवा तास र आर्थिक ठगीमा संलग्न भएको आरोपमा आफ्ना एक उच्च पदस्थ प्रहरी अधिकारीलाई निलम्बन गरेको छ । प्रहरी उपप्रमुख सुराशाट हाक्पार्नलाई मङ्गलबार औपचारिक रुपमा निलम्बन गरिएको प्रहरीले जनाएको छ । ‘बिग जोक’ उपनामले चिनिने सुराशाटलाई सन् २०२३ मा ‘बेटफ्लिक्स’ को नाममा रेकर्ड गरिएकोे अवैध अनलाइन जुवा नेटवर्कमा संलग्नता रहेको आरोपमा अनुसन्धानका लागि निलम्बन गरिएको हो ।

उनीमाथि सम्पत्ति शुद्धीकरणको आरोप लगाइएको छ । उहाँले आरोपको खण्डन गरेको छ तर अनुसन्धान जारी रहँदा पदीय प्रभाव पर्नसक्ने भन्दै उनी निलम्बित गरिएको छ। थाई प्रहरीले उनलाई बर्खास्त गर्नु ‘अनुसन्धानको क्रममा रहेका अधिकारीहरूका लागि अनुशासनात्मक प्रक्रिया’ अनुरूप भएको बताएको छ।

बाजीका अधिकांश रूपहरू थाइल्याण्डमा अवैध मानिन्छन् । थाई अधिकारीहरूले प्राय: विदेशी स्वामित्वमा रहेका अवैध जुवा खेल्नेस्थल र वेबसाइटहरू बन्द गर्न प्रयास गरिरहेका समय अनुसन्धानका लागि उनको निलम्बन भएको हो ।

लामो समयदेखि सेवारत सुराशाटलाई अघिल्लो सेनासमर्थित सरकारका शक्तिशाली व्यक्तिहरूसँग जोडिएको छ । उनलाई सन् २०१८ को सेप्टेम्बरमा तत्कालीन उपप्रधानमन्त्री प्रवित वोङसुवानले अध्यागमन ब्युरोको प्रमुखमा नियुक्त गरेको थियो ।

सन् २०२१ मा तत्कालीन प्रधानमन्त्री प्रयुत चान–ओ–चाले उहाँलाई प्रहरीको रणनीतिसम्बन्धी विशेष सल्लाहकार बनाउनुअघि उनी सन् २०१९ मा केही समय सम्पर्कबिहीन हुनुभएको थियो । उनी किन वेपत्ता भएको थियो भन्नेबारे कुनै कारण स्पष्ट गरिएको थिएन । सुराशातलाई बर्खास्तीविरुद्ध अपिल गर्न ३० दिनको समय दिइएको छ ।

“उनलाई मुद्दा लड्ने र अपिल गर्ने अधिकार छ,” पूर्व प्रहरी प्रमुख तथा हाल राष्ट्रिय प्रहरी समितिका सदस्य एक आङसानोन्टले सार्वजनिक प्रसारक थाई पीबीएसलाई बताए । गत महिना थाइल्याण्डका प्रधानमन्त्री पेटोङतार्न सिनावात्राले रोयल थाई प्रहरीलाई मानव बेचबिखन र लागूऔषधसम्बन्धी अपराधविरुद्ध लड्न प्रयास बढाउन आग्रह गरेको थियो ।