दुर्गा प्रसाईं र नवराज सुवेदी नेतृत्वको राजावादीहरूको आन्दोलन हिंसात्मक भएको छ। निषेधित क्षेत्र तोडेर अघि बढ्न खोजेपछि तीनकुने क्षेत्रमा प्रहरीले बल प्रयोग गरेको हो ।

राजावादीको आन्दोलनमा सहभागीहरू नयाँबानेश्वर क्षेत्रतिर अघि बढ्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको हो । हस्तक्षेपका क्रममा दुर्गा प्रसाईं सवार गाडी तोडफोड भएको छ । अहिले प्रदर्शनकारीले प्रहरीमा ढुंगामुढा गरिरहेका छन् ।

प्रहरीले पनि बल प्रयोग गर्दै अश्रुग्यास, लाठी र पानीको फोहोरा हानेको छ। अहिले तीनकुने क्षेत्र झडपका कारण रणमैदान जस्तै बनेको छ। प्रहरीले बल प्रयोग गरेपछि राजावादी नेताहरू तीनकुनेको चौरमा बनाइएको मञ्चबाट भागभाग भएका छन्

झडपमा संलग्न ४ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए ।

















