काठमाडौंको तीनकुनेमा जारी राजावादीहरूको प्रदर्शनमा अवस्था तनावग्रस्त बनेको छ । अहिले त्यहाँ प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरिरहेको छ ।
त्यहाँ समर्थकहरूले तीन व्यक्तिका घर पनि तोडफोड गरेका छन् । प्रहरीको हस्तक्षेपपछि तितरबितर भएका राजावादी प्रदर्शनकारीहरू पुन: एकत्रित हुन थालेका छन् ।
साथै,प्रहरीको अश्रुग्यास प्रहारपछि मञ्चमा रहेका नेताहरूसमेत सुरक्षित स्थलतर्फ लागेका थिए । अहिले नेताहरू पुन: मञ्चमा जम्मा हुन थालेका छन् ।
आन्दोलनका जनकमान्डर दुर्गा प्रसाईं मञ्चमा चढेका छन् । मञ्चमा पुगेर नेता र राजवादी समर्थकहरुलाई कार्यक्रम स्थलमा आउन माइकबाट आह्वान गरिरहेका छन् । उनले संयमित भएर सभा सम्पन्न गर्न आह्वान गरेका छन् ।
उनले प्रहरीलाई बल प्रयोग नगर्न र आफ्ना समर्थकहरुलाई पनि ढुंगामुढा नहान्न अनुरोध गरिरहेका छन् ।

















