आमाको मुख हेर्ने दिनः मातृ औँसी

भोलि आमाको मुख अ‍ेर्ने दिन, मातृ औँसी वैशाख कृष्ण औँसी, वैशाख १४ गते । जिवित आमालाई खुसी पार्ने र मृत आमाको पनि सम्झना उनका लागि पिण्ड, पानी, श्राद्ध, तर्पण गर्ने दिन, तीर्थ श्राद्ध गरेर पितृबाट आशीर्वाद लिने दिन । अथबा भनौँ काठमाडौँ उपत्यका, थानकोटस्थित मातातीर्थमा जाने दिन, स्मरण गर्ने दिन, अझ भनौँ त्यहाा अहिले आमाको साझा शालिक पनि निर्मित छ, पोखरीहरु त पहिलेदेखि नै थिए, कुण्डहरु । त्रेता युगमा भगवान श्रीरामले लँका विजय गरेपछि भाइ लक्ष्मणले स्वणर््ापुरी लंकामै बस्न अनुरोध गर्दा जवाफमा श्रीरामले भन्नु भएको थियो अपि स्वर्णमयी लंका न मे लक्ष्मण रोचते । जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसि ।। अर्थात् भाइ लक्ष्मण सुनको लंका भए पनि मलाई मेरै जन्म भूमि प्यारो छ ।
पूर्वीयदर्शनले आमालाई वात्सल्य प्रेमकी प्रतिमूर्ति मानेको छ । सम्पूर्ण धर्ती आमाको प्रतीक भएकाले बसुधाभित्र रहेका सबै प्राणीहरुलाई एकैपरिबार, कुटुम्बको रुपमा स्वीकार गरेको छ । बसुधैव कुटुम्बकम् पूर्वीय चिन्तन हो भने सारा धर्ती बातावरणीय दृष्टिले सफा, सुग्घर हुनु पर्छ भन्ने बिश्वभरिका सबैको मान्यता रहेको छ । सर्वेश्वर श्रीकृष्णका दुई पत्नी भूदेवी र श्रीदेवी हुन् । श्रीदेवीलाई सौभाग्य सहितकी चल् सम्पत्ति मानिन्छ भने स्थीर लक्ष्मी भनेकी भूदेवी अचल सम्पति नै हुन् । देवीका प्रतिमूर्तिहरु सीता, लक्ष्मी, गङ्गा आदि सबै धर्तीबाटै उदय भएका हुन् ।
मातृवत्सला नवधाभक्तिको उदय गराउने माता देवहुती, कृष्णकी माता देवकी एवं यशोदा र सम्पूर्ण देवताहरु पैदा गर्ने अदिति एवं राक्षस स्वाभावका प्राणी आसुरी शक्ति पैदा गर्ने दिती पनि धर्तीकै प्रतिमूर्ति हुन् । देवस्वरुप राम, आदि चारभाइ पैदा गर्ने कौशल्यादेखि पह्लादको जन्म दिने कयाधुसम्म सबै धर्तीकै प्रति मूर्ति हुन् । शिवकी प्रिया शिवा, विष्णु प्रिया लक्ष्मीदेखि सृष्टि कर्ता ब्रह््माप्रिया सरस्वतीसम्म माताका प्रतिमूर्तिहरु हुन् यस अर्थमा चेतनशील प्राणी विशेषदेखि जड पदार्थ पंचतत्वको संरक्षिकाका रुपमा पनि पृथ्वी वा धर्ती मातालाई नै लिइन्छ ।
पूर्वीय दर्शनको प्रारंभिक शास्त्र ऋग्वेदले अन्न उब्जाएर प्राणी रक्षा गर्ने, बस्त्रादिको कच्चापदार्थ उब्जाएर प्राणीहरुको पृष्ठपोषण गर्ने शरीर ढाक्ने, कार्यमा संरक्षण गर्ने धर्तीलाई पहिलो पूजा गर्नु पर्ने मान्यता राखेको छ । अग्निमा आहुती दिँदा सर्वप्रथम भू.स्वाहा भनिन्छ । मानिसहरुले अन्न ग्रहण गर्दा सर्वप्रथम भूदेवीलाई अर्पण गरेर मात्र गर्छन् । आधुनिक विज्ञानले धर्तीलाई प्रयोगशालाको रुपमा लिएको छ । धर्तीमा उत्खनन् भएका सारा पदार्थहरुको प्रयोग गरी विज्ञान जगत्ले चमत्कारपूर्ण प्रदर्शन गरेको छ । अथर्व वेदले भूमिलाई आमा र अन्य सबै जीवात्माहरुलाई सन्ततिका रुपमा हेरेको छ । रामायण जस्तो रसिलो काव्यले मातृ भावलाई जीवन्त बनाएको छ । रचनाकार वाल्मीकिदेखि सन्त तुलसीदास सम्मले मातृभावको खुलेर चर्चा गरेका छन् । रघु कुलका राघव विश्वका संरक्षक आदर्श पुरुष श्रीरामले जन्मलिएको कौशल्याको गर्भलाई सम्पूर्ण ब्रह्माण्डको पूर्व दिशा बनाएका छन् । ज्ञान, कर्म र उपासनाकी प्रतिमूर्ति कौशल्या, कैकेयी एवं सुमित्राका गर्भबाट ४ वेदस्वरुप चार भाइको जन्म भएको र यसलाई सम्पूर्ण धर्तीमा ४ दिशा भनी मानिएको छ ।
शास्त्रले आमालाई तीर्थको रुपमा स्विकारेको छ । आमाप्रतिको उदारभाव भनेको तीर्थसेवा हो भनिएको छ । जीवित आमालाई हर तरहले खुसी, सुखी पार्ने सन्ततिको वाक्सिद्धि हुने कुरा शास्त्रहरुले वर्णन गरेका छन् । आमाको संरक्षण गर्ने व्यक्तिले टाढा टाढाको तीर्थ सेवा गरिराख्नु पर्दैन भनिएको छ । आमालाई सदैव वन्दना, प्रार्थना त गर्नु पर्छ नै, वृद्ध आमा बाबुको सेवा गर्ने श्रवणकुमार चरित्र पनि पठनीय छ । आमाको मुख हेर्ने औँसीले प्रतीकात्मक रुपमा मातृस्नेह नै दर्शाउंछ । टाढा रहेका सन्ततिहरुले वर्षमा एक पटक भए पनि आमालाई मनपर्ने खाना, बस्त्र, उपहार, दक्षिणा दिएर आशीर्वाद लेऊन् भन्ने यस पर्वको मान्यता हो । जीवित आमा नहुनेहरुले यस दिन जलदान, पिण्डदान, सीदादान, गर्ने गर्छन् । मृत आमाहरुको संझनामा स्नेहभाव प्रकट गर्न अनेक तीर्थ, धामक्षेत्रमा जाने पनि चलन छ ।
काठमाडौँ उपत्यकाको थानकोट नजिक मातातीर्थ कुण्डमा यसदिन विशेष मेला लाग्ने गर्दछ । कपाल मुण्डन गर्ने, श्राद्धादि कार्य गर्ने चलन त्यहाँ रहेको छ । मृत आमाहरुलाई यसदिन यसै कुण्डमा दर्शन मिल्छ भन्ने परम्परा रहेको छ । साना ठूला दुई पोखरी रहेको त्यो कुण्डमा पहिले ठूलो चौर थियो । गाई गोठालाहरुले त्यहाँ गाई बस्तु चराउने गर्थे । यस्तो गर्दा गर्दै आप्mनो खानेकुरा खाजा हराउन थालेछ । पछि के भएको होला भन्दाभन्दै ठूला मानिस, अभिभावकहरुले पनि साविकदेखि नै यहाँ गोठालाहरुका खाजा हराउने गरेको कुरामा बिश्वास गरेछन् । गाउँंलेहरु मिलेर त्यस क्षेत्रमा खनेर कुण्ड बनाएछन् । यसरी माता थीर्थ कुण्ड नामले प्रसिद्धि पाएछ त्यो स्थानले । ठूलो पोखरीमा स्नान गर्ने सानोचाहिँमा मृतआमाहरुको मुख हेर्ने चलन चलेछ । यो अद्यापि छ ।
एकपटक त्यहाँ एउटा गोठालोले भात लगेर त्यस कुण्डमा हालिदिएछ, आमाको सम्झनामा हालेको भात मृत आमा प्रकट भएर खाएको दृश्यसमेत देखिन पुग्दा झन् बिश्वास बढेछ । द्वापर युगमा श्रीकृष्ण आमालाई खोज्दै यहाँ आइपुगेका, श्रीकृष्णले आप्mनी आमा देवकीले त्यहाँ स्नान गरिरहेको दृश्य देखिएको र त्यो दृश्य देखिएको दिन बैशाख कृष्ण औँसी परेकोले त्यसै बेलादेखि मातृ औँसीको रुपमा यहाँ आफ्नी आमाको नाममा श्रद्धाभाव प्रकट गर्नेहरुको घुइँचो चल्न लागेका कथाहरु भेटिन्छन् । शास्त्रहरुमा गुमेकी आमा त्यहाँ भेटिन्छिन् भन्ने पौराणिक मान्यता रहेकाले पनि यस दिन आमाप्रति श्रद्धाभाव सबैतिर देखिने गरेको हो ।