अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका सहसचिव तीर्थराज भट्टराईलाई भष्टाचारको आरोपमा छानबिन गर्न पक्राउ गरेपछि गृहमन्त्री रमेश लेखक समेत बिवादमा तानीएका छन । सहसचिव भट्टराईसँगको प्रारम्भिक सोधपुछ र पक्राउ परेका अरु तीन जनाको अख्तियारमा भएको बयानका क्रममा सहसचिव भट्टराईको जालो गृहमन्त्री सम्म देखिएको स्रोतको दाबि छ ।
अख्तियारले गृहसचिव गोकर्णमणि दुवाडी र मन्त्रालयको कर्मचारी प्रशासन हेर्ने सहसचिव छवि रिजालमाथि समेत शंका गरिरहेको छ ।गृहका कर्मचारीहरूका अनुसार, मन्त्री लेखककै संरक्षणमा एयरपोर्टमा पोस्टिङ भएका भट्टराईले त्यसपछि गरेको क्रियाकलाप पनि राजनीतिक संरक्षणको आडमा गरेको धेरेको अनुमान छ । त्यसेले गृहमन्त्री रमेश लेखक माथि पनि छानबिन हुनु पर्ने आवाज उठीरहेका छन । माओबादी सहितका प्रति पक्षी दललेत गृहमन्त्रीले राजीनामा दिनु पर्ने बिचार राखि सकेका छन ।
गृहमन्त्रीले ‘कर्मचारी मुछिएको घटना’ भनेर उन्मुक्ति पाउनु हुदैन । गृहमन्त्री जवाफदेही बन्नुपर्छ,’ ।‘मुलुकको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थल जस्तो संवेदनशील ठाँउमा के भइरहेको छ भनेर गृहमन्त्रीले नहेर्ने हो भने कसले हेर्ने ?’ त्यसैले घटनाको छानबिनका लागि लेखकले राजीनामा दिएर सहज बाताबरण बनाई दिनु पर्दछ ।
देशमा रोजगारीको अभावमा भए पछि विदेश जाने श्रमिक युवालाई एयरपोर्टमा पैसा खाने गिरोहसंग जौडीएको आरेप लागेका मन्त्री लेखकले नैतीकताका आधारमा राजीनामा दिनु पर्दछ ।
उनले यसमा ढिलाई गर्दा बिगतमा उनले उठाउने गरेका कानुनी तथा नैतिक प्रश्नहरू यतिबेला उनी आफैंतिर फर्केका छन् ।किनकि यो अपराधकर्ममा लागेका मानिसहरू अरु कोही नभएर गृहमन्त्रीकै सचिवालयका सदस्य हुन् भन्ने प्रमाणित भइसकेको छ ।
अख्तियारले मुख्य आरोपी भनेका सहसचिव तीर्थराज भट्टराईलाई गृहमन्त्रीकै अग्रसरतामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पठाइएको देखिन्छ । त्यसैले स्वभावैले आशंका उठ्छ, कतै गृहमन्त्री लेखक नै त यो संगठित अपराधका हिस्सेदार थिएनन् भनेर ?यस्तोमा छानविन गर्नै पर्दछ ।
सहसचिव भट्टराईले अध्यागमन कार्यालयमा बसेर मानव बेचबिखनको संगठित जालो निर्माण गरेको अख्तियारको प्रारम्भिक ठहर छ । उनले दैनिक लाखौं असुली गरेका आधारहरू भेटिएका छन् । तर यतिबेला कांग्रेसका मात्रै होइन, एमाले नेताहरू समेत एउटा कर्मचारीले गरेको गल्तीमा मन्त्रीले किन जवाफ दिइराख्ने भनी रहेका छन । यो अनैतीक तर्क हो । अहिले जुन घटना सार्वजनिक छ, के यसमा कर्मचारी विशेषको संलग्नता मात्रै भनेर पन्छिन मिल्छ अवश्य मिल्दैन ।
बाहलवाला गृहमन्त्रीले खेलेका भूमिका, संकास्पद भए पछि छानबिन गर्नु पर्दछ छानबिन गर्ने अधिकारीलाई सहज होस भनि गृहमन्त्रीले राजीनामा दिनु पर्दछ ।
त्यसैले आफ्ना कारण छानबिन प्रभावित पो हुने हो कि भनी उठेका शंका निवारण गर्न उपयुक्त कदम चाल्ने जिम्मा मन्त्री लेखककै हो । तर उनी त पदमा बसेर आफूले गलत गरेको प्रमाणित भए राजनीतिबाट अलग हुन्छु या यस्तो उस्तो गर्छु भन्न थालेका छन् । यसो भनेर छुट पाईदैन । मन्त्री लेखकले कि त चित्तबुझ्दो जवाफ दिएर राष्ट्रलाई आश्वस्त तुल्याउन सक्नुपर्छ, नत्र अनुसन्धानलाई सघाउन आवश्यक मार्गप्रशस्त गर्नुपर्छ ।


















