संगीत लयबद्ध भएझैँ हाम्रो जीवन पनि लयवद्ध हुन जरुरी छ, ज्यादा उतार चढावको जीवन तनावयुक्त हुन्छ । हार्मोनियम, हार्मोनियस नभए हार्मपूmल पनि हुन्छ । तनावमा जिउनका लागि हामी यस धर्तीमा आएकै होइनौँ ।
तनावले आवेग, आवेगले क्रोध, क्रोधले हिँसाको उदय हुन्छ । क्रोध, आवेग र तनाव एकै बाबुका सन्तति हुन् एकपछि अर्को देखा पर्ने । हामीले खाना खाँदा पनि हतार गर्नु हुन्न । पाकेको खाना खाए पनि पकाएर ग्लुकोज बनाउने पेटमा अग्नि हुन्छ जसलाई जठराग्नि बा मेटाबोलिजम भनिन्छ । शरिरमा दुई ऊर्जा वलवान हुन्छन्, सकारात्मक र नकारात्मक । जव नकारात्मक ऊर्जा बढ्न थाल्छ शरिर रोगी हुन्छ, संसार नै नरमाइलो लाग्न थाल्छ, आफन्त त झन् बढी नै, शरिर नै बोझिलो पनि । शारीरिक रोगभन्दा बलवान हुन्छ मानसिक रोग उपचारले पनि ठीक नहुने ।
सबैभन्दा धेरै ऊर्जा सन्चिति अक्सिजन पिपलमा हुन्छ तर घर पसिरमा पिपल अशुभ हुन्छ । पिपल विस्थापन गर्नु हुन्न तर कतै सार्वजनिक स्थानमा रोपण गर्न सकिन्छ । देवताहरुको निबास हो पिपल तर नकारात्मक ऊर्जा पैmलाउने भूत, प्रेत, पिचाशहरुको पनि बास हुन्छ पिपलमा । पिपलको छायाँ पर्ने घर अशुभ हुन्छ, तुलसीको छायाँले शुभ हुन्छ बढी । घरमा कुकुर पनि अशुभ हुन्छ, पितृहरु निराश हुन्छन् । कुकुर आपैmँमा मालिक भक्त हो, सुरक्षा पनि दिन्छ तैपनि मृतकहरुका लागि यो राम्रो होइन, कुकुरले देखेको खाना खानेको स्वास्थ्य असन्तुलित हुन्छ, ऊ संग घ्राण शक्ति र चक्षु शक्ति तेजिलो हुन्छ, आप्mना परिचित बाहेकका स्वर, स्वरुप बुभ्mनासाथ विरोधमा लाग्छ ऊ र पितृहरु बढी काँतर हुन्छन् पहिले नै कुकुरले थाहा पाउँछ, पितृहरुलाई भगाइदिन्छ ।
शरिरमा धेरै सेलहरु हुन्छन् जो निश्चित समयमा खाना नपाए मर्छन् । मानिसमा क्यान्सर सेलहरु पनि हुन्छन्, लगातार खाइरहने मानिसमा यसको वृद्धि भइरहन्छ र जीवन नै सकिने डर हुन्छ ।
वयालीस, पैँतालीस दिनमा तीनदिन शरिरमा खाना हालेन भने क्यान्सर सेलहरु मर्छन्, बढ्न पाउँदैनन् र राम्रा सेलहरु भने पुष्ट हुन्छन्, पाचन शक्ति बढ्छ भोको बस्दा, त्यसैले हरेक पाक्षिक हिसावले एकादसीको व्रत लिन हाम्रा पुर्खाले भने । पन्ध्र दिनमा एक दिन नखाने, व्रत बस्ने, खानै पर्ने भए अन्नमा भातको परिकार नखाने गर्नु पर्छ । खानामा राजा नै हो चामल तर एकादसीमा चामलमा पाप बसेको हुन्छ भनेर हाम्रो शास्त्रले निषेध गरेको हो, शरिर तन्दुरुस्त राख्नका लागि । आक्कलझुक्कल नखाँदा पाचनक्रिया मजवूत हुन्छ, शरिरमा सुगर कतिसम्म घट्छ त्यो पनि जानकारी हुन्छ । भर्खरै निर्जला एकादसी गएको छ हाम्रा सामु, एक दिन वर्षमा सके पानी पनि नलिनु भन्ने यसको संकेत हो र तुलसीको वीजरोपण गर्नु भनिएको हो, तुलसीमा अक्सिजन प्रसस्त हुन्छ, अक्सिजन भनौँ वायुका भरमा हाम्रा ऋषिमुनिहरुले धेरै चमत्कारी काम गरे । खप्तड बाबा, शिवपुरी बाबा, टोड्के बाबाहरु हाम्रै वरिपरि थिए पहिले, बाँचे धेरै खाएनन् तिनले धेरै, आज खाएर मर्ने धेरै छन् भोकमरीबाट मर्ने भन्दा । पूवौत्तर दिशाबाट सकारातमक ऊर्जा आउने र दक्षिण पश्चिम दिशाबाट नकारात्मक ऊर्जा फालिने हुन्छ, अत: पूजा, स्नान, ध्यान, अध्ययनकार्य, तुलसी मोठ यता राख्नु भनिएको हो, घर आबास जहिले पनि उत्तरपूर्व खुल्ला हुनुपर्छ, दक्षिण पश्चिम बढी उचाइ या बन्द गरेको राम्रो हो ।
घरमूलीको शिरानी दक्षिणतिर, सन्ततिको शिरानी पूर्व तिर र छोरीको कोठा वायव्यतिर राम्रो हुन्छ । भान्छा कोठा आग्नेय बा वायव्य र पानीको निकास उत्तर पूर्व अनि ओभरहेड टैँकी दक्षिण पश्चिम छतमा राख्नु पर्छ अनि शौचालय दक्षिण तिर र स्नानघर उत्तर, पूर्वतिर हुनु पर्छ । जलकारक सामान वायव्य र अग्निकारक बस्तुहरु आग्नेयतिर मिलाउनु पर्छ । उभिएर पानी नपिउने, खाना खाइसकेर तुरुन्तै पानी बा कुनै सेवन नगर्ने र दिशा पिसाव गर्दा सकेसम्म दक्षिण पश्चिम फर्केर गर्नु पर्छ । घरको मूल बीचको स्थान ब्रह्म स्थान हो र यो होचो हुनु हुन्न, अनि पूmलमाला बा रुद्राक्ष लगाउँदा सुमेरु जो पूmर्को हो गलाको पछाडि पार्नु पर्छ, सुमेरु तलतिर पर्ने गरी लकेटभैmँ गरी रुद्राक्ष बा माला लगाउनु हुन्न र जप गर्दा सुमेर उक्लनु हुन्न, मालालाई फर्काउनु पर्छ र सुमेरुलाई कुनै बस्त्रले छोपेर हातमा माला लिने गर्नु पर्छ । पूजा गर्दा साहिँली औँला देवताका लागि र अपसव्यले चोरी आँलाले पितृको पूजा गर्नुपर्छ त्यो पनि दक्षिणतिर फर्केर, पितृ बाहेकका काममा अन्य दिशा मिलाउनु पर्छ । शास्त्रले भनेको छ पितर: वाक्यमिच्छन्ति भावमिच्छन्ति देवता । गुरु, ब्राह्मण कन्या देवीहरुलाई बूढी औँलाले टिका र मूर्तिहरुमा साँहिली आँैलाले पूजा गर्नुपर्छ । गायत्री बा दीक्षा मन्त्र बिनाको कुनै पनि पूजा बा ध्यान सफल हुन्न, मन्त्र शक्तिबाटै देवता र पितृले पाउने हुन्, दिएर खाने देवता हुन्, खोसेर खाने दानव । मानिसले नदिएसम्म देवताले उपभोग गर्दैनन् त्यसैले हामीले पूजा, दान, धर्म, कर्म गर्नु परेको हो आप्mनै लागि, नदिँदा पनि देवता रिसाउने होइन, यो संसार त उसको नै हो । संसार उसको साकार रुप हो र आत्मा हाम्रो उसको निराकार हो, देवताहरुले देख्ने गरी कर्म गर्दैनन्, आशीर्वाद पनि सिधै दिने गर्दैनन्, द्दापरसम्म देउता बोल्थे, कलिमा बोल्दैनन् गुरु, ब्राह्मण, योगी तपस्वी, ,साधकहरु मार्पmत् आशीर्वाद मिल्ने हो । गुरु र गोविन्द एकैपल्ट भेट भए पहिले गुरुलाई नमन गर्नु पर्छ कारण देवता खोजेर ल्याउने काम गुरुको हो । उँभोद्दारबाट गएको प्राणले स्वर्ग लैजान्छ, उँधोद्दारबाट गएको प्राणले नर्क ।
साधु सन्त, सन्यासी, तपस्वीहरुको मृत्यु तालु फुटेर हुन्छ सज्जन गृहस्थको मृत्यु मुख, नाक, कान आँखा, निधार बा भनौ माथिल्ला अँगहरुबाट प्राण वायु निस्केर हुन्छ । मुखमा रगत छ, नाक कानमा रगत छ बा आँखाम रगत छ भने याद हुन्छ उसको मरण राम्रो भयो, दिसा गएर पिसाव गएर प्राण निस्केको छ भने उसले यो संसारमा फेरि दु:ख भोग्न बाँकी छ भन्ने हुन्छ । पछि शवलई जलाउनु पूर्व स्नान गराउनु शरिर धोइ पखाली गराउनु, पुराना कपडा झिक्नु, जनै फेराउनु भनेको त्यसैले हो, मृतकको प्राण के कसरी गएको रहेछ, परिबार आफन्तले जानून भनेर पनि हो । असामान्य, दूर्घटनाबाट मरेको भए विशेष नारायणवलि गर्नु पर्छ, सामान्य भए शास्त्रका विधिले सबै काम गरिदिनु पर्छ ।
हाम्रो शास्त्रले जीवन जीउने षोडश संस्कार बताएको छ, मृत्यु पछिको कर्म पनि संस्कार हो । पशु मरेर प्रेतमा जाँदैनन्, काज किरिया हुन्न, मान्छे मात्रै त्यस्तो प्राणी हो मरेपछि प्रेतमा जाने हुँदा काज किरिया गरिन्छ र त्यसको उद्धार हेतु आफन्तले विधिपूर्वक दशकाजकिरियाकार्य गरिदिनु पर्छ । मनुष्यलोकबाट प्रेत लोकका लागि र प्रेत लोकबाट पितृलोकका लागि अलग अलग पाथेय श्राद्ध गर्नु पर्छ जुन मृत्युको दशकाज क्रिया अन्तर्गत पर्छ । हिजोआज सादा बस्ने, मृतकको प्रशंसा फोटो सजाएर गर्ने, संघ संस्थाहरुबाट मृतकप्रति सम्मान दर्शाउँदै गरेको तर मूल शास्त्रको कुरो भने बिर्सिएको देखिन्छ । पितृ उद्धार भएन र भड्किए भने पितृ दोष लाग्छ र पछि फेरि बुझेर त्रिपिण्डी श्राद्ध गर्नु पर्छ, क्षति नहुँदै प्रक्रियागत कर्म गर्न अल्छी मान्नु हुन्न, भोलि गरौँला पछि जे होला भन्ने यो विषय होइन, पितृहरुले पर्खेको मन पराउँदैनन्, जे गर्ने हो समयमै गर्ने, तिनको गन्तव्य अर्कै भइसक्छ नत्र ।
















