नेकपा (एमाले)का नेता महेश बस्नेतले जेन–जी आन्दोलनका अगुवा सुदन गुरुङलाई काठमाडौं महानगरका मेयर बालेन शाहले बनाएर पड्काउन खोजिरहेको आरोप लगाएका छन् । नेता बस्नेतले आज एमाले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर यस्तो आरोप लगाएका हुन् ।
‘सुदन गुरुङजस्ता मानिसहरूलाई एम्बुस बनाएर यहाँ पड्काउन खोजिँदैछ,’ बस्नेतले भने, ‘सुदन गुरुङजस्ता मान्छेहरू बालेनजीहरूको योजनामा केपी ओली, महेश बस्नेत र महेश बस्नेतलाई गिरफ्तार गर्नुपर्छ भनेर सोसियल मिडियामा ट्रेन्ड चलाउँछन् । अनि डेलिकेसन जान्छन प्रधानमन्त्री र गृहमन्त्रीको सल्लाहमा ।’
उनले मेयर बालेनले गुरुङलाई अगाडि सारेर अदृश्य रुपमा गतिविधि गरेको आरोप लगाए ।



















