नेकपा एमाले नेता महेश बस्नेतको विरोध गर्न सिमरा विमानस्थलमा भेला भएका जेनजी र प्रहरीबिच झडप भएको छ । बस्नेत मधेस प्रदेश स्तरीय युवा जागरण अभियान कार्यक्रममा सहभागी हुन आज बारा जाने कार्यक्रम तय भएपछि जेनजीहरुले विरोध गरेका थिए ।
सिमराका जेनजी समूहका युवाहरूले सिमरा विमानस्थल घेराउ गरेपछि प्रहरीले बल प्रयोग गरेको हो । सो क्रममा दुई पक्षबिच झडप भएको हो । अहिले विमानस्थलको सुरक्षामा जनपथ र सशस्त्र प्रहरीको ठुलो समूह खटाइएको छ ।


















