एनपीएलमा सट्टाबाजी गर्ने कार्यमा संलग्न ८ भारतीय नागरिक पक्राउ

नेपाल प्रिमियर लिग (एनपीएल) मा सट्टाबाजी गर्ने कार्यमा संलग्न ८ जना भारतीय नागरिक पक्राउ परेका छन् । अनलाइन बेटिङ साइटमार्फत खेल हारजित हुने गरी सट्टेबाजी गराएको आरोपमा उनीहरुलाई राजधानीको बल्खु क्षेत्रबाट नियन्त्रणमा लिइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।