प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा. बाबुराम भट्टराईले पुराना दलबाट चल्दैन भनेर नयाँ पार्टी बनाउने अठोट गरेको बताएका छन् । विश्वभर परिवर्तनको लहर आए पनि नेपालमा केही नभएको भन्दै उनले जेन–जी आन्दोलनले उभार आएको बताए ।
‘पुराना दलबाट हुन सक्दैनथ्यो । गुम्सिएर बसेको अन्तर्विरोध भदौ २३ र २४ मा विस्फोट भएको हो । त्यसैबाट दुनियाँले बुझ्नेगरी पुरानाबाट चल्दैन भन्ने भयो,’ भट्टराईले भने, ‘दलको मात्रै होइन राजनीतिकै पुनर्संरचना हुनुपर्छ भन्ने बहस जेन–जी आन्दोलले सिर्जना गर्यो । यो पार्टी निर्माण स्थिति पनि जेन–जी आन्दोलनको उपज हो । जेन–जीको पार्टी हो । आफ्नो बखान गरेर हुँदैन । जेन–जीको आवश्यकता, चेतना र माग गर्ने पार्टी बनाउनुपर्छ ।’
उनले थपे, ‘जेन–जीको इच्छा, आकांक्षासँग जोडिएको पार्टी हो । युवाले नचलाए पार्टी बन्न गाह्रो छ ।’ अरु १ सय ५० वटा जस्तो दल बनेर प्रगतिशील पार्टीले सुख नपाउने उनले बताए । समाजको धरातल नै कमजोर भएकोले नेपालमा परिवर्तन आउन समय लागेको उनले बताए । तर पछिल्लो जेन–जी आन्दोलनको सन्देश व्यक्तिवादी भन्दा सामूहिक रहेको उनले बताए



















