प्रगतिशील लोकतान्त्रिक पार्टीकी केन्द्रीय सदस्य तारा भण्डारीले पार्टी संरक्षक तथा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईप्रति गम्भीर असन्तुष्टि पोखेकी छिन् । उनले भट्टराईलाई लक्षित गर्दै प्रश्न गरिन् `जहिल्यै हामीले तपाईंहरूलाई मात्रै जिताउनुपर्ने । तपाईंहरूलाई मात्रै राज्यसत्तामा पुर्याउनुपर्ने । हामी महिलाहरूलाई चाहिँ कहिले जिताउनुहुन्छ ?`
भण्डारीले शनिबार पार्टीको वीरगन्जमा बसेको बैठकमा यसरी संरक्षक डा.भट्टराईविरूद्ध ञराजनीतिक जेहादझ छेंडेकी हुन् । उनले पार्टीका महिला नेताहरूलाई पनि जनताको काम गर्ने ठाउँमा पुर्याउन आग्रह गरिन् । नेतृ भण्डारीको अभिव्यक्ति डा.भट्टराईले गम्भीरतापूर्वक सुनेका थिए ।




















