धर्म र अध्यात्मको स्रोत वेद हो । वैदिक चिन्तनले विशिष्ठ स्थान ओगटेकोे छ । संसारको प्रारम्भ पूर्व जलशायी श्रीविष्णुबाट जीव र जगत्को सृष्टि गर्ने विचारले ब्रह्माको सिर्जना भयो, सृष्टि भनौ आरम्भको जिम्मा उनै मार्फत् हुने भयो भने संरक्षणको कार्य श्रीहरि आफैंले लिए । जीव र जगत्को आरम्भ, संरक्षणको साथै संहारको पनि आवश्यकता परेकोले रौद्र शक्ति रुद्रको आबश्यकता भयो, रुद्र अर्थात् कल्याणको साथै विनाशको जिम्मा पनि श्रीशिवमै रह्यो ।
वैदिक मन्त्र जपेर अग्नि प्रज्वलित गर्नेहरु अहिले पनि छन् । यज्ञमा भू–संस्कार गरी जन्मदेखि मृत्यु पर्यन्त अग्निस्थापना विधिले यज्ञ भू–संस्कार गरी जन्मदेखि मृत्युपर्यन्त अग्नि स्थापना विधिले यज्ञ आहुति गरेर जीवन समर्पित गर्नेहरु अहिले पनि धेरै छन् यस्तै अग्निहोत्रीहरु अझै छन् । वेदका मुख्य ६ स्वरुपहरु छन्– शिक्षा, कल्प, व्याकरण, निरुक्त, छन्द र ज्योतिष । यी सवैको ज्ञानले वेदको अध्ययन सम्यक् हुन जान्छ । शव्द व्याकरण वेदको मुख हो, ज्योतिष वेदको आँखा हो, निरुक्त वेदको कान हो । शुद्ध उच्चारण यसको स्वरुप हो, कल्प वेदका हात हुन् । कल्प भन्नाले यज्ञादि कार्यको सम्पादनमा कल्पना अर्थात् तयारी भन्ने वुझिन्छ । शिक्षा वेदको नाक हो । शिक्षा शास्त्रले ह्रस्व दीर्घ र सम्पूर्ण स्वरको ज्ञान हुन्छ ।
शास्त्र के हो ? उत्तर सहज छ, नेपाल देवभूमि हो, नेपालीहरु अध्यात्मप्रेमी छन् । हामीले अध्यात्म सागरमा पौडी खेल्दै जीवनलाई आपैmँ उद्धार गर्न सक्नु पर्दछ । यहाँ केही जीवनोपयोगी सूत्रहरुको ज्ञान भएपछि शास्त्र बुझिन्छ ।
वेदप्रणिहितो धर्मोह्यधर्मस्तद्विर्पययः । वेदो नारायणः साक्षात्स्वयंभूरिति शुश्रुम ।। भागवत ६।४।४०
अर्थः वेदले जे जुन कर्म र त्यसको विधान बताएको छ, त्यो नै धर्म हो, जे निषेध छ, त्यो अधर्म हो । वेद स्वयं भगवान हो, जीवको स्वाभाविक श्वासप्रश्वास स्वयं ईश्वरको प्रकाश र ज्ञान हो । वेद अपौरुषेय छ, कुनै महापुरुष बा कसैबाट आएको नभई स्वयं ईश्वर सृजित हो । अन्य धर्महरु कोही कतैबाट आएको हो ।
ज्योतिषामपि तज्जयोतिस्तमसः परमुच्यते । ज्ञानं ज्ञेयं ज्ञानगम्यं हृदि सर्वस्य विष्ठितम् ।। गीता १३। १७
अर्थः त्यो परब्रह्म ज्योतिको ज्योति मायाबाट अझ पर छ, त्यो परमात्मा बोधस्वरुप, जान्न योग्य र तत्व ज्ञानबाट प्राप्त गर्न योग्य र सबैको हिर्दयमा विशेष रुपले स्थित छ ।
दिवा तपति आदिच्चो रति आभाति चन्द्रिमा । सन्नद्धो खत्तियो तपति झायी तपति ब्राह्मणे । अथ सब्बमहोरति बुद्धो तपति तेजसा ।। धम्मपद ३८७
सूर्य दिनमा प्रकाशित, रातामा चन्द्रमा, कवच्ले क्षत्रीय प्रकाशवान् हुन्छ भने ध्यानका कारण ब्राह्मण प्रकाशित हुन्छ । बुद्ध आप्mनो तेजले आपँैm प्रकाशित छन् ।
धर्म के हो त ?
सत्यमेवेश्वरो लोके सत्यं धर्मसदाश्रितः । सत्यमूलानि सर्वाणि सत्यान्नास्तिपरं पदम् ।। (वाल्मीकि रामायण) ।
अर्थः सत्यले नै संसार अडेको छ, सत्यमै धर्म आश्रित र त, सत्य नै सबको मूल जरो हो, धर्म हो, सत्यभन्दा अर्को ठूलो पद नै छैन ।
श्रद्धया धार्यते धर्मो बहुभिनीर्थराशिभिः ।। निष्किन्चना हि मुनयः श्रद्धावन्तो दिवं गताः । गरुड पुराण । अर्थः धर्मको धारण श्रद्धाबाट हुन्छ, धेरै धनबाट होइन, अत्यन्त निर्धनहरुले पनि श्रद्धाले स्वर्ग र मोक्ष प्राप्त गरेका छन् । धारणाद् धर्ममित्याहुधर्मेण विधृताः प्रजाः । यः स्याद धारणसंयुक्तः स धर्म इति निश्चयाः
(महाभारत १०९।११ शान्ति पर्व)।
अर्थः धारण गर्नुको नाम धर्म हो, यसले अधोगतिबाट बचाउँछ र जीवनको रक्षा गर्छ । धर्मले नै सबै प्रजा अर्थात् प्राणीको रक्षा हुन्छ, धारण गरिराखेको हुन्छ, धारण अनि पोषण पनि हुन्छ त्यही नै धर्म हो ।
सत्येन धार्यते पृथ्वी सत्येन तपते रविः । सत्येन वाति वायुश्च सर्वं सत्ये प्रतिष्ठितम् । (चाणक्य नीति ५।१९)
अर्थः सत्यले पृथ्वी अडेको छ, सत्यले नै सूर्य उदाउने, अस्ताउने, प्रकाश गराउने हुन्, सत्यले वायु बहने, संसारमा भएका सबै सत्यले नै अडेका छन्, अतः सबैको आधार सत्य नै हो । सत्यं ब्रूयात् प्रियं व्रूयात् न व्रूयात् सत्यमप्रियम् । प्रियं च नाऽनृतं व्रूयादेष धर्म सनातनः ।। (मनुस्मृति (४।१३८)
अर्थः सत्य बोल्नु, सुन्नेलाई प्रिय लाग्ने बोली नै बोल्नु, सुन्नेलाई अप्रिय लाग्ने सत्य नै पनि नबोल्नु, सुन्नेलाई प्रिय लाग्छ भन्दैमा भूmठ पनि नबोल्नु ।
सत्यं ब्रह्म तपः सत्यं सत्यं विसृजते प्रजाः । सत्येन धार्यते लोकः स्वर्ग सत्येन गच्छति । (महाभारत, शान्ति पर्व) । अर्थः सत्य नै ब्रह्म हो, तप भन्नु पनि सत्य हो, सत्यबाटै प्रजा भनौँ प्राणी रक्षा हुन्छ । सत्यले नै संसारलाई धारण गरेको छ, सत्यले नै स्वर्ग जाने हो । उपनिषद्ले ब्रह्म सत्यं जगन्मिथ्या भनेको छ । भागवत सत्यं परं धीमहि भन्दै आरम्भ हुन्छ । अर्थात् सत्य मात्रै ध्यान गर्न योग्य छ भनिएको हो, परम प्रभु त्यही हो जो अविनाशी र सत्य छ ।
भतृहरि भन्नुहुन्छ ः भोगे रोगभयं, कुले च्यूतिभयं, वृत्ते नृपालाद्भयं । माने दैन्यभयं, बले रिपुभयं, रुपे जरायाः भयम् । शास्त्रे वादिभयं, गुणे खलभयं, कायेकृतान्ताद् भयं, सर्वं वस्तु भयान्वितं भुवि नृणां वैराग्यमेवाऽभयम् । (भतृहरिको वैराग्यशतक ३१) अर्थः खानामा रोगको भय छ, कुलमा च्युत हुने डर छ, धनमा चोर र राज्यको भय छ, मानमा दीनताको डर छ, गरिवीले सहन्नन्, बलवानमा शत्रुको भय छ, रुपमा जरा बूढ्याइँको त्रास छ, शास्त्रज्ञका आलोचक बढी हुन्छन्, गुणीलाई निन्दाको डर हुन्छ, शरिरलाई कालको भय छ, संसारमा भयरहित केही छैन र त वैराग्य मात्र भयरहित छ ।
मनुस्मृति भन्छः धर्म एव हतो हन्ति, धर्मो रक्षति रक्षित ः धर्मको जसले रक्षा गर्छ, धर्मले उसलाई रक्षा गर्छ । त्यसैले गुरु व्यासको भनाइ छः
अष्टादश पुराणेषु व्यासस्य वचनं द्वयम् । परोपकार पुण्याय पापाय परपीडनम् । १८ पुराणका रचयिता वेद व्यासले जम्मा दुई शब्द भनेः अरुको उपकार गर्नाले पुण्य हुन्छ र अरुको पीडाले पाप हुन्छ । त्यसैले गुरु व्यासको भनाइ छः । मनुस्मृतिको भनाइ छः अहिंसा सत्यमस्तेयं शौचमिन्द्रियग्रिहः । दानं दया दमः क्षान्तिः सर्वेषां धर्मसाधनम् । अर्थः हिंसा नगर्नु, सत्य र आचरणमा बस्नु, चोरी नगर्नु, शुद्ध रहनु, इन्द्रियलाई अधिनमा राख्नु, यथाशक्य दान गर्नु, सबैप्रति दया गर्नु, मनलाई नियन्त्रणमा राख्नु, सदैव शान्त रहनु मानव मात्रको धर्मको लक्षण हो । संसारका सबै धर्म सम्प्रदायहरुको अध्ययन गर्दा यस्तै विचार पाइन्छ ।
बुद्धको पन्चशील ः हिंसारहित जीवन, चोरी नगर्ने, भूmठ नबोल्ने, व्यभिचार नगर्ने र मद्यपान नगर्ने हो । बुद्धका प्रमुख ४ वादहरु महायान, जसलाई पुरातनवाद भनियो, हीनयान जसलाई संशोधनवाद भनियो, बज्रयान जसलाई अस्तित्ववाद भनियो र थेरवाद जसलाई अनिश्वरवाद भनिएको छ । बुद्धका ४ आर्य सत्यमा दुःख सत्य, समुदय सत्य, निरोध सत्य र मार्ग सत्य हुन् । जैन धर्मका पनि ४ वाद छन् । दिगम्बरबाद जो निर्बस्त्र हुन्छन्, श्वेताम्बरवाद जसले सेतो बस्त्र धारण गर्छन्, श्वेताम्बर जो मूर्तिपूजक छन् र अर्का श्वेताम्बर जो तेरापन्थी हुन् ।


















