काठमाडौँ महानगरले सात क्लस्टर विभाजन गरी फोहर मैलाको व्यवस्थापन गर्ने

काठमाडौँ महानगरपालिकाले ७ क्लस्टर विभाजन गरी फोहर मैलाको व्यवस्थापन गर्ने भएको छ । महानगरपालिकाले फोहर निःशुल्क, सशुल्क, न्यूनीकरण, सृजनात्मक पुनः चक्रीय प्रयोग आधारित ‘सर्कुलर इकोनोमी’ लाई प्रवर्द्धन हुने गरी महानगर क्षेत्रलाई ७ क्लस्टरमा विभाजन गरी प्रविधिको प्रयोगमार्फत फोहर मैलाको उचित व्यवस्थापन गर्ने भएको हो ।

‘स्थानान्तरण केन्द्रबाट निष्कासित न्यून फोहरलाई बन्चरे डाँडा ल्याण्डफिल साइटमा मेकानाइज्ड मेटेरियल रिकभरी फ्यासिलिटी सञ्चालन गरी फोहरको वैज्ञानिक व्यवस्थापन गरिनेछ, काठमाडौँ महानगरपालिका क्षेत्रभित्र रहेका सार्वजनिक तथा खाली स्थानहरूलाई बालबालिका तथा ज्येष्ठ नागरिकमैत्री पार्कका रूपमा विकास तथा विस्तार गर्दै लगिनेछ। ’