विदेशीलाई सरकारी जागिर र वंशजको नागरिकता दिन हुँदैन: प्रभु साह

आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले विदेशी नागरिकलाई नेपालमा सरकारी जागिर र वंशजको नागरिकता दिन नहुने बताएका छन् ।
वीरगञ्जमा आयोजित पार्टीको मधेश प्रदेशको विस्तारिक बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

राष्ट्रियताको रक्षा गर्ने सवालमा वर्तमान सरकार चुकेको आरोप लगाउँदै उनले भने, ‘विदेशीलाई सरकारी जागिरमा प्रवेशको सुरुवात गरिनु, विदेशीलाई वंशजको नागरिकता दिइनु यसको उदाहरण हो ।’