भोलि बोलाइएको प्रतिनिधिसभा बैठक सूचना टाँस गरेर स्थगित

भोलि (बिहीबार) का लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । संघीय संसद् सचिवालयले बैठक सूचना टाँस गरेर स्थगित भएको जानकारी गराएको हो ।

बिहीबार बिहान ११ बजे बस्नेगरी बैठक बोलाइएको थियो । उक्त समयमा बैठक विशेष कारणबस बस्न नसक्ने भन्दै संसद् सचिवालयले स्थगित भएको जानकारी गराएको हो ।

संसद्का महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार, शुक्रबार दिउँसो १ बजे बस्ने छ ।