प्रधानमन्त्री शाहसँगको भेटपछि एडिबीका अध्यक्ष कान्डाले गरे तीन खर्ब ६७ अर्बको सहयोग घोषणा

प्रधानमन्त्री बालेन्द्र शाहसँगको भेटपछि एसियाली विकास बैंक (एडिबी)का अध्यक्ष मासातो कान्डाले नेपाललाई थप २.४ अर्ब अमेरिकी डलर (करिब ३ खर्ब ६७ अर्ब रुपैयाँ) सहयोग उपलब्ध गराउने घोषणा गरेका छन् ।

उनले सिंहदरबारमा भएको भेटपछि सामाजिक सञ्जाल ‘एक्स’मार्फत उक्त जानकारी दिएका हुन्। एडिबी नेपालका प्रमुख विकास साझेदारमध्ये एक हो, जसले वार्षिक करिब १ अर्ब डलर ऋण तथा अनुदान उपलब्ध गराउँदै आएको छ।