नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार गठन प्रक्रिया लोकतान्त्रिक र संवैधानिक मान्यताअनुसार नभएको आरोप लगाएका छन्।
आइतबार पार्टी कार्यालयमा आयोजित सांसदहरूसँगको अन्तरक्रियामा बोल्दै उनले पछिल्लो राजनीतिक अवस्था दिशाहीन र विधिविहीन बनेको टिप्पणी गरे। ओलीले लोकतन्त्रमा सरकार परिवर्तनका लागि कानुनी र संवैधानिक व्यवस्था भए पनि अहिलेको सरकार हिंसा, तोडफोड, कब्जा र आगजनीको आधारमा बनेको दाबी गरे। उनले भदौ २३ र २४ पछिको राजनीतिक परिस्थिति थप अन्योलपूर्ण बनेको बताए।


















