राष्ट्रपति रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेबीच सोमबार शीतल निवासमा भेटवार्ता भएको छ। करिब एक घण्टा भएको भेटमा समसामयिक राजनीतिक अवस्था, संसद्को भूमिका र संसदीय गतिविधिबारे छलफल भएको आङ्देम्बेको सचिवालयले जनाएको छ। भेटका क्रममा आङ्देम्बेले देशका विभिन्न क्षेत्रमा आएको बाढीपहिरो, प्रभावित नागरिकको अवस्था तथा उद्धार, राहत र पुनर्स्थापनाका प्रयासबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए।
राष्ट्रपति पौडेलले राजनीतिक स्थिरता कायम राख्न संसद्लाई प्रभावकारी बनाउँदै आवश्यक कानुन निर्माणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए। साथै, बाढीपहिरो प्रभावितको उद्धार, राहत र पुनर्स्थापनामा सबै राजनीतिक दल र सरोकारवाला निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।



















