कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा एक नेपाली नागरिकको मृत्यु भएको छ। सवारी चालकका रूपमा कार्यरत तेह्रथुमका ४४ वर्षीय सोम कुमार तामाङको आक्रमणमा परी ज्यान गएको कुवेतस्थित नेपाली राजदूतावासले जनाएको छ।
घटनाबारे कुवेतको परराष्ट्र मन्त्रालयले दूतावासलाई आधिकारिक जानकारी गराएको छ।



















