मधेशका ११ केन्द्रमा एमबीएस परीक्षा स्थगित

मधेश प्रदेशका ११ परीक्षा केन्द्रमा हुने एमबीएस परीक्षा त्रिभुवन विश्वविद्यालयले स्थगित गरेको छ । प्रदेशमा उत्पन्न असहज परिस्थितिका कारण जनकपुर, सर्लाही, सिरहा, सप्तरी, रौतहट, बारा र पर्साका विभिन्न केन्द्रका परीक्षा अनिश्चितकालका लागि रोकिएको हो ।

त्रिविका अनुसार रामस्वरुप रामसागर बहुमुखी क्याम्पस जनकपुर, सर्लाही क्याम्पस मलंगवा, जेएस मुरारका बहुमुखी क्याम्पस लहान, महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजलगायत ११ केन्द्रमा परीक्षा स्थगित गरिएको छ ।

अन्य केन्द्रमा भने पूर्वनिर्धारित तालिकाअनुसार परीक्षा सञ्चालन हुने त्रिविले जनाएको छ।