नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ । पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले विज्ञप्ति जारी गर्दै बैठक २४ साउन दिउँसो १ बजे ललितपुरस्थित केन्द्रीय कार्यालयमा बस्ने जानकारी दिएका हुन् ।
पार्टीको संस्थापनइतर पक्षले २९ साउनमा राष्ट्रिय भेलाको तयारी गरिरहेको बेलामा पार्टीले केन्द्रीय समिति बैठक बोलाउनुलाई महत्त्वका साथ हेरिएको छ ।पार्टीभित्र आगामी महाधिवेशनको तयारी, विधानको व्याख्या र आन्तरिक व्यवस्थापनलाई लिएर दुई धार स्पष्ट देखिएको बेला यो बैठक बोलाइएको हो ।


















