शेयरबजार परिसूचक नेप्सेमा मंगलबार तीव्र गिरावट आएको छ । आज नेप्से सूचक २१.१५ अंकले घट्दै २ हजार ६६३.१८ अंकमा झरेको हो । उसो त आज कारोबारमा समेत गिरावट आएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । २१ अंकले सूचक घट्दा आज बजारमा ४ अर्ब ७ करोड ८ लाख ५३ हजार रुपैयाँ बराबरको १ करोड ७ लाख ६१ हजार कित्ता शेयर दोस्रो बजारमा किनबेच भएको छ ।
अघिल्लो दिन जम्मा १.२० अंकले नेप्से घट्दा ४ अर्ब ५७ करोड २० लाख ८४ हजार रुपैयाँ बराबरको १ करोड १४ लाख ४९ हजार कित्ता शेयर दोस्रो बजारमा किनबेच भएको थियो ।
आज १३ वटै उपसूचक ऋणात्मक भएका छन् । २१३ वटा कम्पनीको शेयरमूल्य घट्दा आज जम्मा ५९ वटा कम्पनीका मात्र मूल्य बढेका छन् । एभरेष्ट कलरको शेयर मूल्य आज पनि १५ प्रतिशतले बढेर प्रतिकित्ता १ हजार ७३१ रुपैयाँ ४० पैसा पुगेको छ ।


















