कैलालीमा फायरिङ रेञ्जमा ग्रिनेड विस्फोट हुँदा दुई सैनिक घाइते भएका छन् । गोदावरी नगरपालिका–४ स्थित वनदेवी फायरिङ रेञ्जमा नेपाली सेनाको नियमित सैन्य तालिमका क्रममा ह्याण्ड ग्रिनेड विस्फोट हुँदा दुई जना सैनिक घाइते भएका छन् ।
विस्फोटमा सहायक सेनानी विक्रम कार्कीको दाहिने हात र अनुहारमा तथा तालिमरत सैनिक रञ्जित थारुको दाहिने हातमा चोट लागेको छ । घटनालगत्तै घाइते दुवै सैनिकलाई नेपाली सेनाले बोराडाँडीस्थित आर्मी अस्पताल पुर्याएको थियो । घाइते दुवै सैनिकलाई उपचारका लागि हेलिकोप्टरबाट छाउनी अस्पताल लगिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश बिष्टका अनुसार देवदल गणको फायरिङ अभ्यास चलिरहेका बेला प्लास्टिक ह्यान्ड ग्रिनेड विस्फोट भएको हो ।


















