जय नेपाल पार्टी गठनको तयारी गरेका नेता डा.धवलशमशेर राणाले साउन २८ गते निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता राणाले हिन्दू अधिराज्य बनाउने लक्ष्यका साथ जय नेपाल पार्टी गठन गर्न लागिएको भन्दै साउन २८ गते निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने बताएका हुन् ।
उनले आफ्नो अध्यक्षतामा दर्ता हुने पार्टीमा दुर्गा प्रसाईलाई सर्वमान्य नेताको जिम्मेवारी दिइने जानकारी दिए । राणाले आफूहरुले राजनीति गर्ने राजसंस्था खोजेको नभइ अभिभावकीय र राष्ट्र रक्षकको भूमिका रहने राजसंस्था खोजेको स्पष्ट पारे ।
















