अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प गत महिना इरानबाट आएको हत्याको धम्कीपछि टर्कीबाट गोप्य रूपमा एउटा सानो विमानमार्फत बेलायततर्फ प्रस्थान गरेको प्रस्थानभएको छ। उनी ठूलो आकारको ‘एयर फोर्स वन’ विमानमा चढेको देखिए पनि पछि सो विमानबाट अलग्गिएर सानो सी–३२ए विमानमार्फत टर्कीबाट बाहिरिएको वासिङ्टन पोस्टले सोमबार प्रकाशित गरेको समाचारमा उल्लेख छ।
वासिङ्टन पोस्टसँग कुरा गर्दै एक अज्ञात अमेरिकी अधिकारीले राष्ट्रपति ट्रम्प गत जुलाई ८ मा अंकारामा एयर फोर्स वन विमानमा चढेको जानकारी दिएका छन्। त्यसलगत्तै उनी विमानमा जोडिएको खानपान सामग्री ९केटरिङ० राख्ने कन्टेनरमा प्रवेश गरेका थिए।
सोही कन्टेनरमार्फत उनलाई गोप्य रूपमा सानो सी–३२ए विमानसम्म पुर्याइएको र उक्त विमानले उनलाई सुरक्षित रूपमा बेलायत पुर्याएको बताइएको छ।

















