गणेशमान सिंहको आदर्शलाई आत्मसात् गर्दै अघि बढ्न गगनको आह्वान

नेपाली कांग्रेसका सभापति गगन थापाले लौहपुरुष गणेशमान सिंहको २९औँ स्मृति दिवसका अवसरमा श्रद्धासुमन अर्पण गर्दै १५औँ महाधिवेशनलाई अग्रजहरूले देखाएको निष्ठा र लोकतान्त्रिक आदर्श पुनः स्थापित गर्ने अवसरका रूपमा लिन आह्वान गरेका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो सन्देश जारी गर्दै सभापति थापाले लोकतन्त्रका लागि जीवन समर्पण गर्ने गणेशमान सिंह कठिन परिस्थितिमा पनि अडानबाट विचलित नहुने साहसी, त्यागी र निष्ठावान् नेता भएको स्मरण गरेका छन्।

‘हामी १५औँ महाधिवेशनको यात्रामा छौँ। यो केवल नेतृत्व चयन गर्ने अवसर होइन, गणेशमान सिंहजस्ता अग्रजहरूले देखाएको त्याग, साहस, निष्ठा र लोकतान्त्रिक आदर्शलाई सङ्गठन र व्यवहारमा पुनः स्थापित गर्ने अवसर पनि हो,’थापाले भनेका छन्।