विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको २९औँ स्मृति दिवस आज विविध कार्यक्रमका साथ मनाइँदै छ । यस अवसरमा गणेशमान सिंह फाउण्डेशनको आयोजनामा शोभाभगवतीमा रहेको सालिकमा माल्यार्पण गरिएको छ । विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मनुभएका नेता सिंहको २०५४ साल असोज २ गते निधन भएको थियो ।
गणेशमान सिंह फाउण्डेशनको आयोजनामा भएको कार्यक्रममा गणेशमान सिंहका पुत्र प्रकाशमान सिंहको उपस्थितिमा शालिकमा पुष्पगुच्छा अर्पण तथा माल्यार्पण गरिएको हो ।
कार्यक्रममा गणेशमान सिंहले नेपालको लोकतान्त्रिक आन्दोलनमा पु¥याएको योगदानको स्मरण गरिएको थियो। नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रणी नेता सिंहलाई सम्मान गर्दै प्रत्येक वर्ष सिंहको स्मृति दिवस विभिन्न कार्यक्रमसहित मनाइँदै आएको छ।


















