उत्तरपश्चिमी पाकिस्तानमा सडक किनारमा राखिएको बम सुरक्षा बलको सवारीमाथि विस्फोट हुँदा ६ जना सैनिकको मृत्यु भएको छ । घटनापछि सुरक्षा बलले गरेको छुट्टाछुट्टै कारबाहीमा पाकिस्तानी तालिबानका सदस्य रहेको आशङ्का गरिएका १० जना आतङ्ककारी मारिएको पाकिस्तानी सेना र प्रहरीले शुक्रबार जनाएको छ।
खैबर पख्तुनख्वा प्रान्तको हङ्गु जिल्लामा बिहीबार सुरक्षा बलको सवारीलाई लक्षित गरी बम विस्फोट गराइएको स्थानीय अधिकारीहरूले बताएका छन् । विस्फोटमा छ सैनिकको मृत्यु भएको पुष्टि गरिएको छ।
सेनाका अनुसार उत्तरी वजीरिस्तान र हङ्गु जिल्लामा बिहीबार गरिएको विभिन्न गुप्तचर सूचनामा आधारित कारबाहीका क्रममा सन्दिग्ध आतङ्ककारी लुकेका स्थानमा छापा मारिएको थियो। ती कारबाहीमा १० जना आतङ्ककारी मारिएको सेनाले विज्ञप्तिमार्फत जनाएको छ।


















