वीरगन्ज महानगरपालिका–२५ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वडा सभापति प्रकाश साह पक्राउ परेका छन् । प्रहरीले उनलाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा बिहीबार पक्राउ गरेको हो।जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार भदौ ३० गते वीरगन्ज भन्सारस्थित एकीकृत जाँच चौकी (आईसीपी) परिसरमा माछाको गाडी पास गराउने विषयमा भएको विवादका क्रममा साहले एक व्यक्तिमाथि हातपात गरेको आरोप छ।
पीडितको जाहेरीका आधारमा पक्राउ गरिएका साहलाई वडा प्रहरी कार्यालय श्रीपुरमा राखेर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


















