माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका को सुरूङबाट थप ११ जनाको शव निकालियो

 

रसुवाको भोटेकोसीमा आएको बाढीपछि बेपत्ता भएका ११ जनाको शव फेला परेको छ।

भदौ १० गते आएको बाढीमा माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका केही व्यक्ति सम्पर्कविहीन भएका थिए।

उनीहरूको खोजीका क्रममा अडिट–३ टनेलको जालीमा अल्झिएको र हिलोमा दबिएको अवस्थामा ११ वटा शव फेला परेको हो।

नेपाली सेनाको उद्धार टोलीले ती शव बाहिर निकालेको छ।

आयोजनाका प्रतिनिधि सहितको संयुक्त टोलीले थप खोजी कार्य जारी राखेको छ।