परराष्ट्र मन्त्री शिशिर खनालले उपयुक्त र अनुकूल समयमा प्रधानमन्त्रीको भारत भ्रमण हुने बताएका छन् । संयुक्त राष्ट्र संघको महासभामा भाग लिएर बुधबार स्वदेश फर्किएका मन्त्री खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उपयुक्त समयमा प्रधानमन्त्रीले भारत भ्रमण गर्ने बताउका हुन् ।
यद्यपि, भ्रमणको मिति भने अहिल्यै तय भैनसकेको उनले बताए । उपयुक्त समयमा समयमा प्रधानमन्त्रीको परिणाममुखी भारत भ्रमण हुने उनको विश्वास छ ।


















